मधेश प्रदेशमा महिलाहरुको आर्थिक, सामाजिक र शैक्षिक अवस्था कम्जोर रहेको सन्दर्भमा छोरीहरुको चौतर्फि व्यक्तित्व विकास एवम् शशक्तिकरणको लागि उनीहरुको शिक्षामा पहुँच सुनिश्चित गर्दै, लोक कल्याणकारी राज्यको भावना अनुरुप लैङ्गिक विभेद मुक्त समाजको स्थापना मार्फत समग्र समाजकै रुपान्तरणको परिकल्पनालाई सार्थक तुल्याउन प्रदेश सरकार बाट "मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ" अभियान संचालन भइरहेको छ।
छोरीको आवेदन दिनु पुर्व निम्न कागजातहरु को स्क्यान प्रतिलिपि तयार गर्नु होला। छोरी को आवेदन दिनु पुर्व छोरीको संरक्षकले आफ्नो विवरण सहित को दर्ता फारम भर्नु पर्ने छ। संरक्षकले दर्ता गरिसके पछि एक वा सो भन्दा बढी छोरीको आवेदन दिन सकिने छ।
तयार गर्नु पर्ने कागजात हरु :
संरक्षकको हक मा
संरक्षक व्यक्ति भएको खण्डमा
संरक्षक संस्था भएको खण्डमा
-
संस्था दर्ता प्रमाणपत्रको स्क्यान प्रतिलिपि
-
संस्था प्रमुखको पासपोर्ट साइज फोटो
-
संस्था प्रमुखको नागरिकताको प्रमाणपत्रको स्क्यान प्रतिलिपि
छोरीको आवेदन दिदा चाहिने कागजातहरु
छोरीको कागजातहरु
-
छोरीको जन्म दर्ता प्रमाणपत्रको स्क्यान प्रतिलिप
-
छोरीको पासपोर्ट साइजको फोटो
-
छोरीको उमेर प्रमाणित गर्ने कागजातको स्क्यान प्रतिलिपि
अभिभावकको कागजातहरु (दुवै वा कुनै एक को )
-
बुवाको नागरिकताको प्रमाणपत्रको स्क्यान प्रतिलिपि
-
बुवाको पासपोर्ट साइजको फोटो
-
आमा को नागरिकताको प्रमाणपत्रको स्क्यान प्रतिलिपि
-
आमाको पासपोर्ट साइजको फोटो
निवेदन तथा अन्य कागजातहरु
-
अनुसूची-२ बमोजिमको ढाँचाको निवेदन पत्रको स्क्यान प्रतिलिपि
-
अनुसूची-३ बमोजिम ढांचामा प्रतिवद्धता पत्रको स्क्यान प्रतिलिपि
-
स्थानीय तहको सिफारिसको स्क्यान प्रतिलिपि
धर्मआमा वा धर्मपिताले धर्मपुत्री लिएको हकमा
वैकल्पिक स्याहारमा रहेको हकमा
आवेदन फारम भर्ने तरिका
१) छोरीको आवेदन दिनको लागि सर्वप्रथम छोरीको संरक्षक अथवा अभिभावकले यस सफ्टवेयरमा आफ्नो विवरण दर्ता गर्नु पर्ने छ। दर्ता गर्नको लागि http://beema.proactiveserver.net मा राखिएको आवेदक दर्ता फारम भर्नु पर्ने छ। यस फारममा आवेदकको पुरा नाम, आवेदकको मोबाइल नम्बर, आवेदकले लगइन गर्नको लागि प्रयोग गर्न चाहेको युजरनेम, आवेदकले लगइन गर्नको लागि प्रयोग गर्न चाहेको पासवर्ड तथा आवेदकको प्रकार (व्यक्ति वा संस्था) अनिवार्य रुप मा भर्नु पर्ने छ। सबै विवरण भरिसके पश्चात दर्ता गर्नुहोस् लेखिएको हरियो बटनमा क्लिक गरेर आवेदकको खाता यस सफ्टवेयरमा दर्ता गर्न सकिने छ।
२) आवेदकको खाता दर्ता गरिसके पश्चात आवेदकको खाता लगइन भएर मोबाइल नम्बर प्रमाणित गर्ने पृष्ठ खुल्ने छ। त्यहाँ ओटीपी प्रविष्ट गर्नुहोस् लेखिएको बक्समा आफुले दर्ता गर्दा राखेको मोबाइल नम्बर मा आएको Verification Code लेखेर प्रमाणित गर्नुहोस लेखिएको निलो बटनमा क्लिक गर्नु होस्। मोबाइलमा Verification Code नआएको अथवा आएको Verification Code को म्याद सकिएको खण्डमा ओटिपि पुन: पठाउनुहोस् लेखिएको पहेलो बटनमा क्लिक गरि Verification Code पुन: पाठाउन सकिने छ।
३) आवेदकले दर्ता गर्दा कुनै विवरण गलत राखेर दर्ता गरेको खण्ड मा सम्पर्क नं प्रमाणित गर्ने पृष्ठमा भएको फारम पुनः भर्ना यहाँ क्लिक गर्नुहोला लेखिएको रातो बटनमा क्लिक गरि गलत विवरण भरिएको खाता रद्द गरेर सहि विवरण भरि नयाँ खाता खोल्न सक्ने छन्।
४) मोबाइल नम्बर प्रमाणित गरे पश्चात आवेदकले फाराममा मागिए अनुसारको विवरण प्रविस्ट गरेर आफ्नो प्रोफाइल पुरा गर्नु पर्ने छ।
आवेदक व्यक्ति भएको खण्डमा आवेदकले आफ्नो व्यक्तिगत विवरण, नागरिकताको विवरण, नागरिकताको प्रमाणपत्रको स्क्यान प्रतिलिपि तथा आवेदकको पासपोर्ट साइजको फोटो प्रविस्ट गरेर प्रोफाइल पेश गर्नु पर्ने छ।
आवेदक संस्था भएको खण्डमा आवेदकले संस्थाको विवरण, संस्था दर्ताको विवरण, संस्था दर्ता प्रमाणपत्रको स्क्यान प्रतिलिपि, संस्था प्रमुखको विवरण, संस्था प्रमुखको नागरिकताको प्रमाणपत्रको स्क्यान प्रतिलिपि तथा संस्था प्रमुखको पासपोर्ट साइजको फोटो प्रविस्ट गेरर प्रोफाइल पेश गर्नु पर्ने छ। प्रोफाइल पेश गरे पश्चात मात्र छोरीको आवेदन दिन सकिनेछ।
५) आवेदकले प्रोफाइल पुरा गरे पश्चात ड्यासबोर्ड खुल्ने छ। ड्यासबोर्ड मा भएको आवेदन दिनुहोस लेखिएको हरियो बटन किल्क गरे पश्चात छोरीको आवेदन दिने फारम खुल्ने छ। छोरीको आवेदन फारममा छोरीको विवरण, संरक्षक संगको नाता, छोरीको तिन पुस्ते विवरण, कुनै किसिमको अपाङ्गता भएमा सो को विवरण, तथा विभिन्न कागजातहरु प्रविस्ट गरेर आवेदन पेश गर्नु पर्ने छ। छोरीको आवेदन भर्दा प्रविस्ट गर्नु पर्ने कागजातहरु निम्न बमोजिम छन्
छोरीको कागजातहरु
-
छोरीको जन्म दर्ता प्रमाणपत्रको स्क्यान प्रतिलिप
-
छोरीको पासपोर्ट साइजको फोटो
-
छोरीको उमेर प्रमाणित गर्ने कागजातको स्क्यान प्रतिलिपि
अभिभावकको कागजातहरु (दुवै वा कुनै एक को )
-
बुवाको नागरिकताको प्रमाणपत्रको स्क्यान प्रतिलिपि
-
बुवाको पासपोर्ट साइजको फोटो
-
आमा को नागरिकताको प्रमाणपत्रको स्क्यान प्रतिलिपि
-
आमाको पासपोर्ट साइजको फोटो
निवेदन तथा अन्य कागजातहरु
-
अनुसूची-२ बमोजिमको ढाँचाको निवेदन पत्रको स्क्यान प्रतिलिपि
-
अनुसूची-३ बमोजिम ढांचामा प्रतिवद्धता पत्रको स्क्यान प्रतिलिपि
-
स्थानीय तहको सिफारिसको स्क्यान प्रतिलिपि
धर्मआमा वा धर्मपिताले धर्मपुत्री लिएको हकमा
वैकल्पिक स्याहारमा रहेको हकमा
आवेदक/संरक्षक ले आफ्नो संरक्षणमा रहेको एक वा सो भन्दा बढी छोरी को आवेदन दिन सक्ने छ। आवेदन को स्थिति दर्ता गर्दा प्रविस्ट गरिएको युजरनेम तथा पासवर्डको प्रायोग ले लगइन गरेर हेर्न सकिने छ ।